८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छः भट्टराई

प्रकाशित मिति :  1 May, 2024 2:07 pm


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौँको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष भट्टराईले कहिले काँग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए ।

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरू गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।

अध्यक्ष भट्टराईले दाहालले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !