१९ मंसिर २०८२, शुक्रबार

सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्छ: अध्यक्ष थापा

प्रकाशित मिति :  1 May, 2024 4:16 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले वर्षमा देशभित्र कति रोजगारी सिर्जना गर्न सक्ने भन्ने बारेमा सरकारले स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए ।

उनले विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिई फिर्ता गर्न सक्ने अवस्था कहिले बनाउने भन्दै प्रश्न गरे । उनले देशमा श्रमिकको अवस्था गम्भीर रहेको बताउँदै यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य हुने मुलुकमा पर्ने बताए ।

अध्यक्ष थापाले श्रम ऐन संशोधन र सुधारका लागि सशक्त ढङ्गले अघि बढ्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !