४ जेष्ठ २०८१, शुक्रबार

तोलामा २ हजार रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  2 May, 2024 12:14 pm


काठमाडौँ । आज बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १६३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलामा १५ रुपैयाँ बढेर तोलाको १६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !