१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ ५ गतेसम्म सिल

प्रकाशित मिति :  11 May, 2020 4:59 pm


कपिलवस्तु, २९ वैशाख ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कपिलवस्तुलाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले आज साँझ ५ बजेदेखि जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा अहिलेसम्म १५ जना संक्रमित भेटिएका छन् । भारतबाट लुकिछपी आएका बढी संक्रमित देखिएको र सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएपछि जिल्ला सुरक्षा समितिले जोखिम बढेको भन्दै सिल गर्ने निर्णय गरेको हो ।

आज मात्रै यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अति आवश्यकीय वस्तुहरु  ढुवानी(खाद्यान्न्,तरकारी,फलफुल,दुध,पेट्रोलियम पदार्थ,ग्यास,औषधि,पानी,पशुपन्क्षीको दाना), एम्बुलेन्स,शवबाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनहरु(जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी मात्रै सञ्चालन हुन पाउने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्मको समय छुट्टाएको छ ।



प्रतिक्रिया दिनुहोस !