५ जेष्ठ २०८१, शनिबार

यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा

प्रकाशित मिति :  4 May, 2024 8:43 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारणदेशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

महाशाखा अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !