५ जेष्ठ २०८१, शनिबार

अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई काठमाडौं महानगरले १०l१० लाख अनुदान दिने

प्रकाशित मिति :  4 May, 2024 9:28 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको राजपुर गाउँपालिका र दाङ जिल्लाको इस्मा गाउँपालिकालाई प्रति स्थानीय तह १०l१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ।

महानगरपालिकाले यसअघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।



प्रतिक्रिया दिनुहोस !