५ जेष्ठ २०८१, शनिबार

पत्रकारहरूको न्युनतम पारिश्रमिक बढाउने कुरामा पहलकदमी लिन्छुः मन्त्री गिरी

प्रकाशित मिति :  4 May, 2024 4:41 pm


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन् । मन्त्री गिरीले मिडिया काउन्सिललगायतका मिडियासँग सम्बन्धित कानूनहरू छिटो पारित गराउन पनि आफूले विशेष ध्यान दिने आश्वासन दिए ।श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा पनि आफूले सक्दो पहल गर्ने मन्त्री गिरीको भनाई थियो ।

उनले नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरूसँगै महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै त्यसको संस्थागत विकासमा पनि उत्तिकै चनाखो भएर लाग्नुपर्ने खाँचो औंल्याए।

मन्त्री गिरीले पत्रकारहरूको सामाजिक सुरक्षाका विषयमा पनि सरकारले विशेष ढंगले सोच्नुपर्ने बेला आएको बताए ।



प्रतिक्रिया दिनुहोस !