५ जेष्ठ २०८१, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

प्रकाशित मिति :  5 May, 2024 8:23 am


काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको आजको वैठकमा मुख्यमन्त्रीको विश्वास मतसमेतको कार्यसूची रहेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप एक दिन अगावै विश्वासको मत लिन तयारीमा छन्।



प्रतिक्रिया दिनुहोस !