५ जेष्ठ २०८१, शनिबार

एकदिने भ्रमणको लागि जापानी विदेशमन्त्री योको कामिकावा काठमाडौंमा

प्रकाशित मिति :  5 May, 2024 1:27 pm


काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । परराष्ट्रमन्त्रालयकाअनुसार केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी कामिकावा एक दिने भ्रमणको लागि नेपाल आएकी हुन् । ।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरिन् । कामिकावाको नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने छिन् भने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको आयोजना गर्ने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ।

विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति १० बजे नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने छिन् ।



प्रतिक्रिया दिनुहोस !