५ जेष्ठ २०८१, शनिबार

घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरीः मन्त्री अधिकारी

प्रकाशित मिति :  5 May, 2024 2:24 pm


काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक हुनुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरुले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे ।

उनले घरजग्गा कारोबारलाई पारदर्शीता बनाउनु प्रमुख चुनौतिका रुपमा देखापरेको बताए । मन्त्री अधिकारीले कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजश्व गुमाउनुपरेको बताए । उनले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन भएको बताए ।

उनले भने, “घरजग्गा व्यवसायीहरुले व्यवसायीक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण तयार हुन सकेमा रियल इस्टेट व्यवसायले नेपालमा पनि प्रतिष्ठित व्यवसाय बन्ने सम्भावना छ । घरजग्गा कारोबारलाई पारदर्शीता कारोबार गर्ने विषय प्रमुख चुनौतीको रुपमा देखा परेको छ । कानून बमोजिक व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले त्यस्तो कारोबार करको दायरामा आउन नसक्दा राज्यले राजश्व गुमाएको अवस्था छ भने लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन हुने अवस्था छ ।”

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित,पारदर्शी र व्यवसायिक बनाउनको लागि ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए । उनले टुक्रे योजनाहरूले नेपालमा व्यवस्थित शहरीकरण बन्न नसक्ने दाबी गरे । उनले व्यवस्थित शहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्याण्डपुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !