६ जेष्ठ २०८१, आइतबार

माधव नेपालले बोलाए संसदीय दलको बैठक

प्रकाशित मिति :  6 May, 2024 11:09 am


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । नेपालले आज अपरान्ह बस्नेगरी संसदीय दलको बैठक बोलाएको नेकपा एसका नेता मेटमणि चौधरीले बताए ।

उनकाअनुसार संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने तय भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमपछि चिन्तित बनेका नेता नेपालले संसदीय दलको बैठक डाकेको स्रोतले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने नेता मेटमणि चौधरीले बताए ।



प्रतिक्रिया दिनुहोस !