६ जेष्ठ २०८१, आइतबार

संविधानमा व्यवस्था गरेका मौलिक हकहरू व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा

प्रकाशित मिति :  6 May, 2024 10:25 am


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छन् ।

सोमवार काठमाडौँमा गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन् । उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको उल्लेख गरिन् । उनले जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरू संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् । उनले व्यवहारिक रूपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरू पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान आवश्यक रहेको पनि बताइन् ।

“हामी अहिले नयाँ समयमा छाैँ । नयाँ समयमा गइसकेपछि हामीले त्यही ढंगबाट अघि बढ्नुपर्छ । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छाैँ। जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेका छौँ । तर त्यो कुरा आजका दिनमा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन,” उनले भनिन् ।

गोरखापत्र संस्थानको संरचनागत अवस्था र व्यवस्थापन पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र बजारको व्यवस्था गर्नुपर्ने समय आएको बताइन् । उनले सरकारी मिडियाहरु सरकारका भजनमण्डलीका रूपमा मात्रै रहनु नहुने बताइन् ।



प्रतिक्रिया दिनुहोस !