६ जेष्ठ २०८१, आइतबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  6 May, 2024 10:46 am


काठमाडौँ । आज सोमबार सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेर प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ बढेर १६६० रुपैयाँ आजको कारोबार मूल्य ताेकिएको छ ।



प्रतिक्रिया दिनुहोस !