६ जेष्ठ २०८१, आइतबार

निर्वाचन आयोगले दियो राई नेतृत्वको जसपालाई दलको मान्यता

प्रकाशित मिति :  6 May, 2024 5:00 pm


काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई दलको मान्यता दिएको छ।

उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालबाट अलग्गिएर अशोक राई नेतृत्वमा ७ जना सांसदले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएका थिए।

आयोगले सोमबार उक्त दललाई मान्यता दिएको हो। उपेन्द्र यादवको साथ छाडेका सांसदहरूमा अशोक राई,नवलकिशोर साह, प्रदीप यादव, रञ्जुकुमारी झा, वीरेन्द्र महतो, सुशिला श्रेष्ठ, हसिना खान छन्।



प्रतिक्रिया दिनुहोस !