६ जेष्ठ २०८१, आइतबार

एमाले नेतालाई वामदेवको अनुरोधः मलाई छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्

प्रकाशित मिति :  6 May, 2024 5:45 pm


काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् ।
गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।

सोमवार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे । गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गराए ।

त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने उनको प्रस्ताव रहेको थियो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताए ।

गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको पनि पटकपटक दोहो¥याए ।



प्रतिक्रिया दिनुहोस !