६ जेष्ठ २०८१, आइतबार

अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

प्रकाशित मिति :  6 May, 2024 6:44 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरू पनि अहिले मन्त्री भएको टिप्पणी गरेका छन् ।

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरूले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पारे ।

त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताए । उनले त्यस्ता प्रवृत्तिहरूलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरूको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराए ।

उनले भने, “अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाउ भन्दा को मन्त्री पर्छ, को पर्दैन रु यस्तो बेलामा यी त्यागका, कठिनाईका दिनहरुको नयाँ पुस्तासम्म कसले पु¥याउने । अहिले त फेरी एउटा प्रवृत्ति चलेको छ । पुरानो त्यागको अवमूल्यन मात्रै होइन, त्यसलाई अपमान गर्ने एउटा भुई फुटटा भएका छन् ।”

अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे ।



प्रतिक्रिया दिनुहोस !