६ जेष्ठ २०८१, आइतबार

मंगलवार हावाहुरीसहित वर्षाको सम्भावना कहाँ कहाँ छ?

प्रकाशित मिति :  7 May, 2024 7:08 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

मंगलवार बिहान देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।

यी क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण हेर्न यहाँ क्लिक गर्नसक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !