६ जेष्ठ २०८१, आइतबार

उपेन्द्र यादवले बोलाए संसदीय दलको बैठक

प्रकाशित मिति :  7 May, 2024 10:36 am


काठमाडौँ । उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अमेरिकाको भ्रमण छोट्याएर सोमबार राति स्वदेश फर्किए लगतै संसदीय दलको बैठक बाेलाएका हुन ।

स्वदेश फर्किए लगतै यादवले पार्टी विभाजन भएपछि आफ्नो साथमा रहेका सांसदलाई छफललका लागि बोलाएका छन्। पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आफ्ना साथमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाएका छन् ।

बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थन लगायतका विषय साथै भावी रणनीतिबारे निर्णय हुने उनले बताए ।

उपेन्द्र यादव अमेरिकाको भ्रमणमा रहेको बेला अशोक राईले पार्टी विभाजन गरी प्रतिनिधिसभाका ७ जना सांसद र ३० जना केन्द्रिय सदस्यको हस्ताक्षर सहित नँया पार्टी दर्ता गरेका छन् ।

जनता समाजवादीका १२ जना सांसदमध्ये ७ जना नयाँ पार्टीमा गएपछि उपेन्द्र यादवको पक्षमा पाँच जना सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !