६ जेष्ठ २०८१, आइतबार

रास्वपा संसदीय दलको बैठकः बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल

प्रकाशित मिति :  7 May, 2024 12:06 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भुमिकाबारे छलफल गरेको छ ।

मंगलवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताए ।

उनले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको बताए । उनले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको बताए ।

उनले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको बताए ।

उनले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताए । उनले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रश्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि बताए ।

उनले सबै राजनीतिक दलहरू स्वीकार गर्ने र सत्तामा रहेका दलहरूको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निस्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरू सहमत हुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !