६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

प्रकाशित मिति :  7 May, 2024 12:15 pm


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको विवरण अनुसार आज छापावाला सुनको अघिल्लो कारोबारको तुलनामा तोलामा ८०० रुपैयाँ बढेर प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको विवरणमा आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० रुपैयाँ रहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको १६६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १६७५ रुपैयाँमा किनबेच भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !