६ जेष्ठ २०८१, आइतबार

सभामुखले बोलाएको शीर्ष बैठक सुरू

प्रकाशित मिति :  7 May, 2024 12:32 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरूभएको छ । संसद्‍मा देखिएको गतिरोध अन्त्यलगायतका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूसँग छलफल सुरु गरेका हुन् ।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थित रहेको छ ।

कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि वर्षे अधिवेसन अगावै सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न वैठक बोलाएका हुन्।

सहकारी प्रकरणमा सहमतिको प्रयास लगायतका विषयमा छलफलका लागि शीर्ष नेताहरूसँग छलफल गर्न लागिएको हो। सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

संसद्को बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !