६ जेष्ठ २०८१, आइतबार

संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे

प्रकाशित मिति :  7 May, 2024 3:59 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका हुन् ।

मंगलवार सिंहदरबारमा शिर्ष नेताहरूसँगको भेटपछि उनले यस्ताे बताएका हुन् । उनले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे । उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए । उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए । उनले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए ।

उनले भने, “यो निरन्तर प्रक्रिया हो । समस्याहरू आइरहन्छन् । समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ ।”

सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरूको भुमिका निर्णायक हुने र आउँदा दिनमा दलहरू गम्भीर हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !