६ जेष्ठ २०८१, आइतबार

काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार

प्रकाशित मिति :  7 May, 2024 4:36 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली काँग्रेस संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने कुरामा सकारात्मक देखिएको बताएका छन् ।

मंगलवार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरूसँग गरेर छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताए । उनले कुनैपनि हिसावमा समिति बनाउन जरुरी नरहेको पार्टीको निस्कर्ष रहेको पनि बताए । उनले व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसंगत नरहेको जिकिर गरे ।

उनले भने, “अब संसदमा उपप्रधान तथा गृहमन्त्रीले बोल्ने कुरामा नेपाली काँग्रेसले सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली काँग्रेस पुगेको छ । कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन । समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसावमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाैँ । सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ । गृहमन्त्रीज्युले सम्बोधन गर्नुहुनेछ । व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसंगत छैन भन्नेकुरा काँग्रेसले बुझेको छ ।”

उनले आगामी संसदको बैठकमा गृहमन्त्रीले उक्ता विषयमा आफ्ना धारणा राख्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !