६ जेष्ठ २०८१, आइतबार

चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक

प्रकाशित मिति :  7 May, 2024 4:52 pm


काठमाडौँ । नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक भएको छ ।

मंगलवार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सबै कलाकारहरूले मेहनत गर्नुपर्ने बताएका हुन् । पात्रमा मेहनत गरेमात्रै भिज्न सकिने भएकाले सबैले मेहनत गर्न आवश्यक रहेको र मेहनत गर्नेको भविष्य नै उज्ज्वल रहेको बताए ।

अभिनतो प्रदीप खड्काले आगोको धर्म ताता दिने, पानीको धर्म प्यास मेटाउने भनेजस्तै मानवको धर्म मानवता भएको बताए ।

चलचित्रमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । फिल्मको कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको ट्रेलरबाट स्पष्ट हुन्छ । कास्कीकोट गाउँमा खिचिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !