६ जेष्ठ २०८१, आइतबार

प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

प्रकाशित मिति :  7 May, 2024 5:00 pm


काठमाडाैँ । पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबिच मंगलवार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । उनले सरकारमा आफूहरू रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताए ।

वर्तमान सत्ता गठबन्धनको जग आफूहरूले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको प्रवक्ता सुमनको भनाइ थियो । उनले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गरे ।

अध्यक्ष यादवले पार्टीका ७ जना सांसदहरूले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे मंगलवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरूसँग अनौपचारिक छलफल गरेका छन् । उनले वैशाख २६ गते ९भोलि० बुधवार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !