६ जेष्ठ २०८१, आइतबार

तीन प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो रहनेछ बुधवारको मौसम

प्रकाशित मिति :  8 May, 2024 7:08 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

बुधवार बिहान देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशको थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशको एक–दूई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशको पहाडी भुभागको केही स्थानहरूमा मेघगर्जन चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका एक–दुई स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम प्रतिकूल रहने क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सजक रहन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !