६ जेष्ठ २०८१, आइतबार

आज मातातीर्थ औंशीः मातातीर्थमा तिर्थालुको भीड(फाेटाेफिचर)

प्रकाशित मिति :  8 May, 2024 8:59 am


काठमाडाैँ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिने गरिन्छ ।

मातातीर्थ औंशीको दिन आज काठमाडौँको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ । आज पनि मातातीर्थ औंशीको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि आमाको स्मरणमा मातातीर्थमा पुगेर पूजाआज गर्नेहरूको भीड देख्न सकिन्छ ।

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाउँदै आएको छ ।

माता तीर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मिठा तथा तागतिला खानेकुरा खान दिएर आशिर्वाद थाप्ने प्रचलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् । तिर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !