६ जेष्ठ २०८१, आइतबार

रुसले विकासका लक्ष्य हासिल गर्नेछः पुटिन

प्रकाशित मिति :  8 May, 2024 9:08 am


काठमाडौँ । रुसले सबै अवरोधहरू पार गर्दै विकासमा आफ्नो लक्ष्य हासिल गर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मङ्गलवार रुसी राष्ट्रपतिको शपथग्रहण गर्दै उनले यस्ताे बताएका हुन् ।

पुटिनले मार्च १५ देखि १७ सम्म भएको सन् २०२४ को रुसी राष्ट्रपतीय निर्वाचनमा ८७.२८ प्रतिशत मत प्राप्त गरेका थिए। देशको विकासमा भरपर्दो निरन्तरता सुनिश्चित गर्नुपर्ने बताए ।

युवा पुस्तालाई हुर्काउन र शिक्षित गर्न आवश्यक रहेको बताए । पुटिनले राष्ट्रलाई सम्बोधन गर्दै जनताको विश्वासलाई सार्थक पार्न आवश्यक काम गर्ने प्रतिवद्धता जनाए । पुटिन सन् १९९९ मा रुसको प्रधानमन्त्री बनेका हुन् । त्यसपछि कार्यवाहक राष्ट्रपति भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !