६ जेष्ठ २०८१, आइतबार

टर्कीद्वारा कू को प्रयास गरेको आरोपमा २३ जना सैनिक पक्राउ गर्न वारेन्ट जारी

प्रकाशित मिति :  8 May, 2024 9:11 am


काठमाडाैँ । टर्कीका अभियोजकहरूले मंगलवार २३ पूर्व र वर्तमान सेनाका कर्मचारीहरूलाई २०१६ मा एउटा कूको प्रयास गरेको आरोपमा पक्राउ वारेन्ट जारी गरेको छ ।

ड्युटीमा रहेका सैनिकहरू, पूर्व सैन्य विद्यालयका विद्यार्थीहरू र एक प्रहरी अधिकारीसहित १९ संदिग्धहरूलाई ११ प्रान्तहरूबाट पक्राउ गरी हिरासतमा लिइएको छ । अन्य ४ जना पक्राउ पर्न बाँकी छ । पश्चिमी प्रान्त इज्मिरमा मुख्य अभियोजकको कार्यालयले टर्की सेनामा रहेका नेटवर्कका सदस्यहरू विरुद्ध सुरू गरेको अनुसन्धानपछि एकैसाथ कारबाही भएको हो । बाँकी संदिग्धहरूको खोजि भइरहेको बताइएको छ ।

अमेरिकामा आधारित टर्की प्रचारक फेथुल्लाह गुलेनको नेतृत्वमा रहेको सञ्जाललाई टर्कीमा आतंकवादी संगठनको रूपमा सूचीवद्ध गरेको थियो ।

राज्यको कर्मचारीतन्त्र र सेनामा घुसपैठ गरेको र त्यसपछि जुलाइ १५, २०१६ मा एउटा कूको प्रयास गरेको आरोप लगाइएको थियो । सरकारले कूको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही सुरू गरेको छ । 



प्रतिक्रिया दिनुहोस !