६ जेष्ठ २०८१, आइतबार

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

प्रकाशित मिति :  8 May, 2024 11:01 am


फाइल फाेटाे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अाज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बुधवार दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको छ । २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दै छ । कांग्रेसले बजेट अधिवेशनबारे छलफल गर्न बिहीबार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठक विहीबार दिउँसो २ बजेका लागि तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !