७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री दाहाल दाँतको उपचार गराउन वीर अस्पतालमा

प्रकाशित मिति :  8 May, 2024 5:37 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।बिहानदेखि दात दुखेकोले उपचारका लागि वीर अस्पताल पुगेको दाहालको सचिवालयले जनाएको छ ।

सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका प्रधानमन्त्री दाहाल त्यहाँबाट फर्किएपछि अस्पताल पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !