७ जेष्ठ २०८१, सोमबार

कोशीका केही स्थानमा बिहानैदेखि हल्का वर्षा, यस्ताे रहनेछ देशभरको मौसम

प्रकाशित मिति :  9 May, 2024 6:46 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

बिहीवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आगामी तीन दिनसम्म मौसमको अवस्थिति यस्तै कायम रहने पूर्वानुमान विभागको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !