७ जेष्ठ २०८१, सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, सहकारीअनियमितता प्रकरण केन्द्रीत छलफल हुने

प्रकाशित मिति :  9 May, 2024 8:03 am


काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत विषयमा बैठकमा छलफल गर्ने भएको छ ।

गृहमन्त्री तथा राष्ट्रय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले पटक पटक संसदमा कुरा उठाइरहको छ।

समिति गठन नभएमा बैशाख २८ गते बस्ने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसले जनाउदै आएको छ।

लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे पनि बिहीवार बस्ने संसदीय दलको वैठकमा छलफल हुने जनाइएकोछ।



प्रतिक्रिया दिनुहोस !