७ जेष्ठ २०८१, सोमबार

कोशीका मुख्यमन्त्री कार्कीले आजै सर्वोच्चमा रिट दायर गर्न

प्रकाशित मिति :  9 May, 2024 9:11 am


काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन्।

मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गरेपछि असंवैधानिक कदम चालेको आरोप लगाउदै सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौँ पुगेका छन्।

कार्कीले आज बिहिबार सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को नयाँ सरकार गठनको आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् ।

बुधबार राति प्रदेश प्रमुख खापुङ्गले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा नँया सरकार गठनको आह्वान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !