७ जेष्ठ २०८१, सोमबार

भारतमा आम निर्वाचनको तेस्रो चरणमा मतदान जारी

प्रकाशित मिति :  9 May, 2024 9:42 am


काठमाडौँ । भारतमा तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ । ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा फैलिएका ९३ निर्वाचन क्षेत्रहरूमध्ये, लाखौं मतदाताहरूले मतदान केन्द्रहरूमा लाइन बसेर मतदान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहले पश्चिमी शहर अहमदाबादमा मतदान गरेका छन् । भारतीय निर्वाचन आयोगका अनुसार आम निर्वाचनको दोस्रो चरणमा ६६.७१ प्रतिशत मतदान भएको थियो ।

भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ । चौथो चरण मे १३ मा शुरु हुनेछ । त्यसपछि मे २० मा पाँचौं चरण, मे २५ मा छैटौं चरण र जुन १ मा अन्तिम चरण हुनेछ । मतगणना जुन ४ मा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !