७ जेष्ठ २०८१, सोमबार

कोसी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की नियुक्त

प्रकाशित मिति :  9 May, 2024 2:26 pm


काठमाडौं । कोसी को मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आज (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्।

कार्कीले ५२ जनाको समर्थन रहेको भन्दै बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ती ५२ जना सांसदको सनाखत सकिएसँगै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

उनका अनुसार आजै साँझ ५ बजे उनको शपथ कार्यक्रम राखिएको छ।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।



प्रतिक्रिया दिनुहोस !