७ जेष्ठ २०८१, सोमबार

नायिका एलिजा गौतमले कोरियन कस्मेटिक्स मिसोकोस नेपाल भित्राउने

प्रकाशित मिति :  9 May, 2024 12:04 pm


काठमाडौँ । नायिका तथा समाजसेवी एलिजा गौतमले प्रतिष्ठिति कस्मेटिक्स कम्पनी मिसोकोसको व्यवसायिक साझेदारी गर्ने भएकी छन् । उनले कस्मेटिक कम्पनी मिसोकोसका सामान नेपाल भित्राउनका लागि बिहिबार सम्झौता गरेको जानकारी दिएकी छन् ।

उनले कोरियाको सिओलमा रहेको कम्पनीको मुख्यालयमा बिहिबार द्धिपक्षीय सम्झौता भएको बताएकी छिन् । ३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ ।

एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत मिसोकोस नेपाल भित्रिएको हो । मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ ।

नायिका एलिजाले आफु कलाकारितासँगै कस्मेटिक्स व्यवसायमा हात हाल्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । उनले कलाकारिता र समाजसेवासँगै आफ्नो पाइला अब व्यवसायतर्फ लम्किएको भन्दै कम्पनीले आफूप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !