७ जेष्ठ २०८१, सोमबार

जसपा अस्थिरताको कारक बन्दैनः अध्यक्ष राई

प्रकाशित मिति :  9 May, 2024 4:01 pm


काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले सरकारको अंकगणित मिलिरहेको भएपनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरू एक ठाउँमा उभिएको बताए ।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानूनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताए । उनले संवैधानिक अंगले वकीलहरुको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताए । उनले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताउँदै विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको दाबी गरे ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए । महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !