७ जेष्ठ २०८१, सोमबार

प्रतिफल नआएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकेका हौँः मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  9 May, 2024 5:09 pm


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक पहुँचको आधारमा वितरण गरिएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई स्थगित गरिएको बताएकी छन् ।

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका विद्यालय भवन र आइसिटी ल्यावहरु राजनीतिक पहुँचको आधारमा वितरण गर्ने गरिएकोले सो कार्यक्रम रोक्नुपरेको बताएकी हुन्।

उनले भनिन्,”आवश्यकताका आधारमा नभई राजनीतिक पहुँचको आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम वितरण गरिएको अवस्था थियाे । संरचना बनाउनका लागि पैसा पठाएर मात्रै हुदैँन प्रतिफल आए\नआएको सम्बन्धमा अध्ययन गर्न आवश्यक छ।”

उनले मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको पैसा भूकम्प प्रभावित ठाउँहरूमा पठाउन लागेपनि प्रक्रिया लामो लाग्ने हुँदा पठाउन नसकिएको पनि बताइन् ।

मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त कलेजहरूको सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शंकर कोईरालाको अध्यक्षतामा समिति बनाइएको जानकारी दिँदै समितिको प्रतिवेदन आएपछि प्रतिवेदन अनुरूप समाधानको लागि पहल गर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !