७ जेष्ठ २०८१, सोमबार

उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा

प्रकाशित मिति :  9 May, 2024 6:26 pm


काठमाडाैँ । सरकारले प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापना गरेको हो ।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए भने ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । गत वैशाख ४ गते बसेकाे बढुवा समितिकाे बैठकले जोशीलाई ७३.८३६८ र ढकाललाई ७३.६३०६ प्राप्तांकसहित बढुवाका लागि सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !