७ जेष्ठ २०८१, सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  10 May, 2024 9:06 am


काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल बैठक बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजेका लागि तय गरिएको हो ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ ।

बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण आजका लागि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस !