७ जेष्ठ २०८१, सोमबार

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

प्रकाशित मिति :  10 May, 2024 11:25 am


काठमाडौँ । नेपाली कांग्रेसले आज बस्ने संसद बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्ने दिने निर्णय गरेको छ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेसहित शीर्ष नेताहरूलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।

यसअघि कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन बनाएर अनुसन्धान गर्नुपर्ने मागसहित संसद अवरोध गर्दै आएको थियो ।

कांग्रेसले लामिछानेलाई संसदमा बोल्न समेत रोक लगाउँदै आएकामा आज बसेको संसदीय दलको बैठकले बोल्न दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !