१६ असार २०८३, मंगलबार

तोलामा २३०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  10 May, 2024 12:07 pm


काठमाडौँ । आज शुक्रबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेर प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३७ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य ह्रातै उकालो लागेको छ । महासंघको जानकारी अनुसार बिहिबार तोलाको १६८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलाको ५० रुपैयाँ बढेर प्रतितोला १७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !