७ जेष्ठ २०८१, सोमबार

सदन अघि नबढने कुराको जिम्मेवार नेपाली काँग्रेस होइन्: गगन थापा

प्रकाशित मिति :  10 May, 2024 4:57 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सदन अघि नबढने कुराको जिम्मेवार नेपाली काँग्रेस नरहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको शुभारम्भमा बोल्दै महामन्त्री थापाले काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने र त्यसको जिम्मेवार कांग्रेस नरहेको बताएका हुन् ।

उनले पहिलो बैठकमा उभिएर सभामुखसँग समय मागेर बोल्न नचाहेपनि उभिएर बोल्नुपरेको बताए । उनले संसदमा सांसदहरूको प्रश्नको घाँटी बन्द गर्न खोजिएको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सदन चले नचलोस् सरकार चल्छ भनेको बताउँदै धेरै पटक प्रधानमन्त्री भएको पार्टीले त्यो कुरा बुझ्नुपर्ने बताए ।

थापाले लगाएको आरोप गलत सावित गर्न उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेर सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै आपत्ति पनि जनाए ।

उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । उनले सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !