७ जेष्ठ २०८१, सोमबार

समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस्ः सांसद भुषाल

प्रकाशित मिति :  10 May, 2024 5:37 pm


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजावादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले नागरिकले उठाएका प्रश्नहरुको जवाफ दिनसक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । उनले सरकारको अदलाबदली र अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रमहरु हुन नसकेको जिकिर गरे । राजनीतिक दलहरु सत्ताका लागि मात्रै केन्द्रित भएको उनले आरोप लगाए । 

सांसद भुषालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !