काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक पनि अवरुद्ध
प्रकाशित मिति : 10 May, 2024 5:46 pm
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । शुक्रवार राष्ट्रिय सभाको दोस्रो बैठकमा नेपाली काँग्रेसका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।
सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै काँग्रेसका सांसदहरु उठेर बिरोध जनाएका थिए ।
संसदमा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै काँग्रेसले बिरोध जनाएको हो । आम नागरिकले जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधान तथा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेको छ ।








