७ जेष्ठ २०८१, सोमबार

यस्ता छन् विहिवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू(पूर्णपाठ)

प्रकाशित मिति :  10 May, 2024 6:21 pm


काठमाडाैँ । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

हिजाे (विहिबार) बसेकाे मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको बताइन् ।

उनले जलस्रोतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सङ्घीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको पनि बताइन् ।

त्यस्तै सरकारले प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।

यस्ता छन् निर्णयहरू:( पूर्णपाठ)



प्रतिक्रिया दिनुहोस !