देशको समृद्धिका लागि सोचेअनुसार काम भएनः अध्यक्ष दाहाल
काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे । उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरूको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरूपको विकास हुन नसकेको बताए ।
उनले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरूले महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे । अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताए ।
उनले भने,”दुर्गम गाउँहरूमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भुमिका खेलका छन् । जसले श्रोतहरूको पहिचान गर्दै साझेदारीलाई बढावा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन् । हामी हाम्रा अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा अर्थात सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माणमा सामाजिक संस्थाहरुको भुमिकालाई कसरी अझ बलियो बनाउन सक्छौँ, भन्ने सन्दर्भ महत्वपूर्ण हुन जान्छ ।”
अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामुहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताए ।








