१४ भदौ २०८३, आइतबार

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति :  12 May, 2024 6:17 pm


काठमाडौँ । नेकपा एमाले पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । आज (आइतबार) मुख्यमन्त्री सरोज कुमार यादवलाई एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् । ।

एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएकी छन् ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर केही समय अघि राजीनामा बुझाएका थिए । योसँगै नेकपा एमाले र माओवादीले मधेस सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !