सभामुख घिमिरे र अध्यक्ष दाहालबिच छलफल
प्रकाशित मिति : 13 May, 2024 1:34 pm
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल भएको बताइएको छ।
जेठ १ गते मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ।








